नियम २९
नक्कलको लागि निवेदन दिन सक्ने
(१) अदालतमा भएको मिसिलमा संलग्न कुनै लिखतको नक्कल लिन चाहने पक्का वा निजको कानून व्यवसायीले आफूले नक्कल लिन चाहेको लिखतको बिबरण र मिति उल्लेख गरी लाग्ने दस्तुर सहित अनुसूची-४ बमोजिमको : ढाँचामा निवेदन दिनु पर्नेछ।

(२) “उपनियम (१) बमोजिम छुट्टाछुट्ढै मिसिलमा रहेको लिखतको नक्कल लिनु पर्ने भएमा छुट्टाछुट्टै निवेदन दिनु पर्नेछ ।